Ads
Friday, September 28, 2018
महंगीदै खसीबोकाको मुल्य
हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी नजिकिदै गर्दा नेपाली बजारमा खसीबोकाको मूल्य बढ्दै गएको छ । हाल सरदरमा एउटा खसीको मूल्य ठाउँअनुसार ५०० देखि ९०० प्रती केजी पर्ने गरेको छ । खसीबोकाको खरीदबिक्री पनि ह्वात्तै बढेको एक कृषक बताउँछ्न् । अरु बेला भन्दा यतिबेला खसी खोज्दै व्यापारी गाउँघरका फार्मसम्मै आउने र उचित दाम दिएर लाने गरेको पाइएको छ । देशभरका विभिन्न फार्महरुले खसीबोका विक्री गरिरहेको भएपनी कुल मागको करिब ६० प्रतिशत मात्रै आपूर्ति गर्न सकेको तथ्यांक देखिएको छ । यो तथ्यांक हेर्ने हो भने यस बर्ष पनि ठूलो परिमाणमा भारतबाट खसीबोका निर्यात गर्नुपर्ने देखिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment